रौतहट क्षेत्र १ मा निर्वाचनको माहोल तात्दै   
रौतहट क्षेत्र १ मा निर्वाचनको माहोल तात्दै   

गौर नगरपालिकाका पूर्व प्रमुख गुप्ता केही महिना अगाडि मात्रै एमालेमा प्रवेश गर्नुभएको थियो । 

    • बेल संचार

    • २३ कार्तिक २०७९, बुधबार

रौतहट,
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै रौतहट क्षेत्र नं १को माहोल तातेको छ ।

सत्ता गठबन्धनका नेता एवं नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाल सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा पदमा उम्मेदवार हुनुहुन्छ । सो क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । गौर नगरपालिकाका पूर्व प्रमुख गुप्ता केही महिना अगाडि मात्रै एमालेमा प्रवेश गर्नुभएको थियो ।

२०७० सालको संविधान सभाको निर्वाचनमा नेपालले चुनाव जित्नुभएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा गौर नगर प्रमुखमा गुप्ता निर्वाचित हुनुभएको थियो ।

रौतहटको क्षेत्र नं १ मा गौर, राजदेवी र माधवनारायण नगरपालिका सहित दुर्गा भगवती, यमुनामाई गाउँपालिका र गढिमाई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा र गरुडा नगरपालिकाको १ नम्बर वडा पर्दछ ।

नेकपा (एस) का वडाध्यक्षमा निर्वाचित र पराजित उमेदवारहरुले कूल १९ हजार ६ सय ९८ मत पाएका थिए । नेपाली कांग्रेसले कूल १६ हजार नौ सय ४४ मत पाएको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १२ हजार दुई सय ६२ मत पाएको छ । नेकपा (माओवादी केन्द्र)ले आठ हजार एक सय ९१, एमाले सात हजार तीन सय ८५, जसपाले आठ हजार दुई सय ४१ र स्वतन्त्रसहित अन्य दलले तीन हजार एक सय ४३ मत प्राप्त गरेका थिए ।

स्थानीय युवा नेता अमित ठाकुरले यस क्षेत्रमा चुनवी चहलपहल बढेको र उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न तल्लीन रहेको बताउनुहुन्छ । स्थानिय तहको चुनावमा व्यक्ति र नजिकैका पायकपर्ने व्यक्तिलाई दिने मत हो भने प्रतिनिधिसभाको निर्वाचनलाई समग्रमा हेरेर जनताले मतदिने उहाँको भनाइ छ ।

विद्यार्थी नेता रवि मिश्र स्थानीय तहको निर्वाचनको मतपरिणामले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खासै अर्थ नराख्ने बताउनुहुन्छ । रौतहट क्षेत्र नं १ ‘१’ का प्रदेशसभा सदस्य उम्मेदवार राजकिशोर यादव नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति समेत हुनुहुन्छ ।

साताकाे चर्चित
सम्बन्धित