रोमेलु लुकाकुलाई समेट्दै बेल्जियमले आगामी मंसिर ४ गतेदेख सुरु हुने कतार विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ।
प्रशिक्षक रोबर्टो मार्टिनेजले बिहीबार विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेको हो। चोटका कारण मैदान बाहिर रहेका लुकाकुले खेल्न सक्ने देखेर प्रशिक्षक मार्टिनेजले राष्ट्रिय टोलीमा राखेका हुन्।
लुकाकुले ह्यामस्ट्रिङको चोटले सिजनको सुरुमा दुई महिना मैदान बाहिर रहेका थिए। त्यसपछि पूनरागमन गरे पनि उनले पुनः चोट बोकेका थिए।
यस्तै युरी टिलेमान्स, वाउट फेस, टिमोथी कास्टाग्ने, लिआन्ड्रो ट्रोसार्ड, लिन्डर डेन्डन्कर र अमाडो ओनानाले पनि बेल्जियमको टोलीमा स्थान बनाएका छन्। डिभोक ओरिगी र अल्बर्ट साम्बी लोकोंगाले विश्वकप गुमाउने भएका छन्।
बेल्जियमले आगामी मंसिर ७ गते क्यानडासँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ। मंसिर ११ गते मोरक्कोसँग र मंसिर १५ गते क्रोएसियासँग खेल्ने तालिका छ।
बेल्जियमको पूर्ण टोली