‘प्रेम गीत’ निर्माताले मागे हिमेश पन्तका लागि भोट
‘प्रेम गीत’ निर्माताले मागे हिमेश पन्तका लागि भोट

हिमेश धादिङको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

    • बेल संचार

    • ३० कार्तिक २०७९, बुधबार

सुपरहिट चलचित्र ‘प्रेम गीत’ फ्रेम्ड निर्माता सन्तोष सेनले कमेडी च्याम्पियन हिमेश पन्तका लागि भोट मागेका छन् ।

हिमेश धादिङको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनी उम्मेदवार बनेका हुन् ।

निर्माता सेनले हिमेशलाई प्रतिनिधि सभामा उपस्थित गराउँदा समाजको समस्या र विकासको आवाज गुञ्जायमान हुने विश्वास आफूले लिएको बताए ।

‘हिमेश भाइसँग एउटा सामाजिक चलचित्रको स्क्रिप्ट, पटकथा कोर्ने बेला उसले देखेको समाजमा उतारचढाव, भोग्ने भोगाइ, सम्भावित परिवर्तनमाथि निकै छलफल भएको थियो,’ सेनले फेसबूकमा लेखेका छन्, ‘उसले भोगेको र देखेको समाजमा साँच्चिकै यथार्थता देखिन्थ्यो, अतः हिमेशलाई सभामा उपस्थित गराउँदा समाजको समस्या र विकासको आवाज गुञ्जायमान हुनेछ भन्ने महसूस मैले गरेको छु ।’

साताकाे चर्चित
सम्बन्धित