जुम्लामा करेन्ट लागेर , १ जनाकाे मृत्यु
जुम्लामा करेन्ट लागेर , १ जनाकाे मृत्यु

प्राविधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए ।

    • उमेश बुढा

    • २ मंसिर २०७९, शुक्रबार
 जुम्ला
जुम्लाको तातोपानी गाउँ पालिका वडा नम्बर ५ मा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा १७ वर्षका राजेश रावत रहेका छन । साेही वडाकै २३; वर्षका शंखू चौलागाईं घाइते भएका छन ।
वत्तिकाे काम गर्दा प्राविधिकलाई साेधेर काम गर्नु पर्ने हाे ।
लाइन सटडाउन गर्नु पर्थ्याे खबर नगरी कार्य गर्दा करेन्ट लागेकाे हाे , प्राविधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए ।
घाइते चौलागाईंकाे कर्णाली स्वास्थ्य विज्ञान अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यलय जुम्लाले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यककाे शव अस्पतालमा पाेष्टमार्टम गरेर आफन्तलाई बुझाइएकाे छ ।
वडाकाे याेजना अनुसार सड्क वत्तिकाे पाेल गाड्ने क्रममा करेन्ट लागेर मृत्यु र घाइते भएका घर परिवारलाई क्षति पुर्ति राहत दिनकाे लागि पालिकाले साेचेकाे छ ।
तातोपानी गाउँ पालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए ।

साताकाे चर्चित
सम्बन्धित