काठमाडौं-३ मा एमालेका कृष्ण राईको अग्रता
काठमाडौं-३ मा एमालेका कृष्ण राईको अग्रता

सोमबार दिउँसोसम्म तीन हजार ४२४ मत गणना हुँदा नेकपा एमालेका कृष्ण राईले १ हजार ७५ मतसहित अग्रता लिएका छन् ।

    • बेल संचार

    • ५ मंसिर २०७९, सोमबार

काठमाडौं । काठमाडौं-३ मा नेकपा एमालेले अग्रता लिएको छ । सोमबार दिउँसोसम्म तीन हजार ४२४ मत गणना हुँदा नेकपा एमालेका कृष्ण राईले १ हजार ७५ मतसहित अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका सन्तोष चालिसेले १ हजार ५८, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २५२ मत पाएका छन् ।

यो निर्वाचन क्षेत्रबाट यसअघि एमालेका कृष्ण राई निर्वाचित भएका थिए ।

साताकाे चर्चित
सम्बन्धित