जुम्लामा कुल खसेकाे मत ४४ हजार , ६ सय ,१४ मत खसेकाे मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । जुम्लामा ६५ प्रतिशत मत खसेकाेछ ।
तर स्थानीय चुनाव भन्दा कम खसेकाे आँकडा गर्न सकिन्छ । प्रतिनिधी सभा र प्रदेश सभाकाे निर्वाचन मङ्सिर ४ गते भएकाले यहाँ मतदाता दशेैतिहार मनाई सके पछि चिसाे टार्न तराई झर्छन ।
विद्यार्थी पढाइको लागि पनि जुम्ला छाेडेर अन्य जिल्ला गएका हुन्छ ।
अन्य मानिस भारत तर्फ जाने भएकोले जुम्लाको मतदाता सङ्ख्या घटेकाे हाे ।
मतपेटिका जुम्लामा समयमा पुगेता पनि सर्वदलीय बैठक बसेर निर्णय गर्न ढिलाइ भएको हाे ।
दिउँसो १ बजे मतगणना गर्ने निर्णय गरेता पनि प्राविधिक कुरा जाेड्न बाँकी भएकाले साढे ३ बजेबाट सुरू भएको हाे ।