विश्वप्रकाशको अग्रता झापा- १ मा
विश्वप्रकाशको अग्रता झापा- १ मा

अहिलेसम्म ४ हजार ६८ मत गणना गरिएको छ।

    • बेल संचार

    • ५ मंसिर २०७९, सोमबार

झापा क्षेत्र नम्बर १ मा मतगणना जारी छ।

झापा १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन्।

अहिलेसम्म ४ हजार ६८ मत गणना गरिएको छ।

शर्माले १७७० मत ल्याएका छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले पछ्याइरहेका छन्। खरेलले ११४७ मत ल्याएका छन्।

कांग्रेसका महामन्त्रीसमेत रहेका शर्मा यो क्षेत्रबाट दुई पटक पराजित भइसकेका थिए।

साताकाे चर्चित
सम्बन्धित