बाँके–३ मा कांग्रेस सह-महामन्त्री राठौरभन्दा एमालेका कक्षपती अगाडि
बाँके–३ मा कांग्रेस सह-महामन्त्री राठौरभन्दा एमालेका कक्षपती अगाडि

कांग्रेसका सहमहामन्त्री राठौरले २४२३ मत प्राप्त गरेका छन्।

    • बेल संचार

    • ६ मंसिर २०७९, मंगलवार

बाँकेको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरभन्दा नेकपा एमालेका नेता किस्मतकुमार कक्षपती अगाडि छन्।

मंगलबार बिहान ७ बजेतिर सार्वजनिक मत परिणाम अनुसार ११ हजार ६६३ मत गणना हुँदा एमालेका कक्षपतीले ३०९९ मत प्राप्त गरेका छन्।

कांग्रेसका सहमहामन्त्री राठौरले २४२३ मत प्राप्त गरेका छन्। हालसम्म यी दुई बीचको मतान्तर ६७६ छ।

यहाँ राष्टिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले १०५१ मत प्राप्त गरेका छन्। हालसम्म ४४७ मत बदर भएको छ।

साताकाे चर्चित
सम्बन्धित