सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट जनमत पार्टीका महेशप्रसाद यादव विजयी भएका छन्।
नेकपा माओवादीका उमेश यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन्।
विजयी भएका महेश केहीदिनअघि मात्र माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका थिए। पराजित भएका उमेश संविधानसभा सदस्य तथा मन्त्री हुन्।
महेशले १३ हजार ३२५ मत ल्याउँदा उमेशले ७ हजार २३ मत ल्याए।
त्यसैगरी जनता समाजावदी पार्टी (जसपा) नेपालका लक्ष्मण यादवले ५६२१ मत ल्याए। यहीँ क्षेत्रको प्रदेशको ‘क’ मा पनि जनमत पार्टीका सतिश सिंह विजयी नजिक छन्।
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहसँग फराकिलो अग्रता कामय गरी सिंह विजयी नजिक पुगेका हुन्।
हालसम्मको गणनामा सिंहले १४ हजार ३२२ मत ल्याउँदा मन्त्री साहले ६७४९ मत ल्याएका छन्।
त्यसैगरी सत्तारूढ गठबन्धनका उम्मेदवार सरोजकुमार मण्डल ५४२८ मतसहित तेस्रो स्थानमा छन्।
सप्तरी २ मा प्रतिनिधि सभामा पनि जनमत पार्टीले नै फराकिलो अग्रता लिएको छ।
जनमतका अध्यक्ष सिके राउतले १५ हजार ३४ मत ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादवले ७ हजार ४४५ मत ल्याए।
त्यसैगरी सत्तारूढ गठबन्धनको तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले ३ हजार ७० मत ल्याएका छन्।