जुम्लामा ज्ञानेन्द्र शाहीको गोमा गौतमसँग फराकिलो मतान्तर कायमै
जुम्लामा ज्ञानेन्द्र शाहीको गोमा गौतमसँग फराकिलो मतान्तर कायमै

राप्रपाका शाहीले ६ हजार ९५७ मत ल्याएका छन्।

    • बेल संचार

    • ७ मंसिर २०७९, बुधबार

जुम्लामा प्रतिनिधि सभातर्फ राप्रपाका ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता कायमै राखेका छन्। राप्रपाका शाहीले ६ हजार ९५७ मत ल्याएका छन्।

उनी गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुवँरभन्दा ३ हजार ७६३ मतले अगाडि छन्। गोमाले ३ हजार १९४ मत पाएकी छन्।

नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले १ हजार ६८८ मत पाएका छन्।

साताकाे चर्चित
सम्बन्धित