सुनसरी क्षेत्र नम्बर ३मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छन्।
उनी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारभन्दा ४ हजार ५९३ मतले अगाडि छिन्। गच्छदार निरन्तर पछि परिरहेका छन्।
निर्वाचन अधिकृत उमाकान्त पौडेलका अनुसार भगवतीले अहिलेसम्म २४ हजार २६३ मत पाएकी छन्। उनका प्रतिस्पर्धी गच्छदारले १९ हजार ६७० मत पाएका छन्।
अहिलेसम्म ५६ हजार १४३ मत गनिएको उनले बताए।