माओवादीलाई उछिन्दै स्वतन्त्र पार्टी तेस्रो स्थानमा, समाजवादी र जनमत थ्रेसहोल्ड कटाउन संघर्षरत
माओवादीलाई उछिन्दै स्वतन्त्र पार्टी तेस्रो स्थानमा, समाजवादी र जनमत थ्रेसहोल्ड कटाउन संघर्षरत
    • बेल संचार

    • १२ मंसिर २०७९, सोमबार

प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिन्दै तेस्रो स्थानमा कायमै छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लेको छ भने माओवादी चौथो स्थानमा झरेको छ।

नेकपा एमाले र नेपाली कांग्रेस क्रमश: पहिलो र दोस्रो स्थानमा कायम छन्।

सोमबार बिहान ८ बजेसम्म नेकपा एमालेले २५ लाख २५ हजार ९९ मत प्राप्त गरेको छ भने कांग्रेसले २३ लाख ९२ हजार २ सय ४२ मत पाएको छ।

समानुपातिकमा माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार ७ सय ५८ मत प्राप्त गरेको छ। माओवादी केन्द्रको भागमा १० लाख ५६ हजार २ सय ७० मत परेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ६ सय ३९, जनता समाजवादी पार्टीले ३ लाख १९ हजार ४ सय ६८, जनमत पार्टीले २ लाख ५६ हजार ४६ र नेकपा एकीकृत समाजवादीले २ लाख ४९ हजार २ सय ९२ मत प्राप्त गरेका छन्।

यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार मत कटाउँदा लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २६ हजार मत ल्याएको छ।

साताकाे चर्चित
सम्बन्धित