,काठमाडौ । सोफा तथा फर्निचर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत सात वर्ष देखि सेवा प्रदान गर्दै आएको सोफा हब काठमाडौले धमाकेदार ‘दशैं तिहार बम्पर लक्की ड्र’को विजेता घोषणा गरेको छ ।
सोफा हबले शुक्रबार बालाजु बाइसधाराको पिकनिक स्पटमा वनभोज तथा दशैं तिहार बम्पर लक्की ड्र’को नतिजा घोषणा उत्कृष्ट सेवा दिने आफ्ना ४ जना कर्मचारीलाई सम्मानका साथै पुरस्कृत गरेको छ ।
हबले यस बर्षको सर्वोत्कृष्ट कर्मचारी रुपमा अनिल शाहलाई १ लाख उत्कृष्ट कर्मचारी तर्फबाट शंकर तिवारी ,अनिल मगर ,बिष्णु आले मगरलाई जनही दश हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरियो ।
सोफा हबले दशैं तिहार बम्पर लक्की ड्र’बाट १० जना विजेतालाई इलेक्ट्रोनिक जग,४ जना विजेतालाई सोफा सेट र एक जना विजेतालाई स्मार्ट टिभी विजेता नाम घोषणा गरेको छ ।
कम्पनीका प्रवन्ध निर्देशक तारालाल धरेलले व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको वर्तमान स्थितिमा कम्पनीलाई अग्र स्थानमा पुर्याउन कर्मचारीहरूको उत्तिकै भूमिका रहेको हुँदा सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्न प्रयास गर्नुपर्ने बताउनुभयो ।
कस्तो कम्पनी हो सोफा हव काठमाडौं ?
७ वर्षदेखि बर्ष सोफामा राज गरिरहेको सोफा हव काठमाडौं समस्त ग्राहक बर्गले गर्नु भएको भरोसा, सन्तोषजनक व्यवहारबाट प्रभावित भएर अघि बढ्ने प्रेरणा प्राप्त गरेको छ । काठमाडौंमा ३ ठाउँबाट क्रमशः वनस्थली,लोलाङ, लैनचौर र चितवनको लंकुमा यसको सहायक शाखा निर्माण गरी दिनहुं सयौंको संख्यामा सोफा उत्पादन तथा बिक्री गरिरहेको छ ।
१५० जना भन्दा बढीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोगारी सृजना तथा पाईरहेका छन् । युवा उद्यमशीलहरुद्धारा सञ्चालित यस कम्पनी तथा व्यवसायबाट उत्पादित सोफा तथा फर्निचर चाहिएमा छुटसहित लिने व्यवस्था गरेको छ ।
को हुन् प्रवन्ध निर्देशक धरेल ?
कम्पनीका प्रवन्ध निर्देशक तारालाल धरेल धादिङको साविक ज्यामरुङ ५ हाल निलकण्ठ नगरपालिका– १० मा पिता यदु प्रसाद धरेल र माता धन कुमारी धरेलको कोखबाट २०४३ साल साउन १ गते जन्मनुभएका धरेलको सामाजिक क्षेत्रमा व्याप्त गलत प्रवृत्तिका विरुद्ध संघर्ष एवम् सत्यको पक्षमा अडिग भई बोल्ने निडर र सरल स्वभाव छ ।
सामाजिक क्षेत्रमा सक्रिय हुँदै गर्दा राजनीतिक यात्रा सुरु गर्नुभएका धरेलले जिल्लाको कुमारी देवी माध्यमिक विद्यालय हुँदै पब्लिक युथ क्याम्पसबाट व्यवसाय व्यवस्थापनमा स्नातकसम्म अध्ययन गरेका छन् । सामान्य र सरल स्वभावका ३५ वर्षका जोशीला युवा धरेल विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् ।
तारालाल धरेल पर्यटन व्यवसायी, प्रखर वक्ता, समाजसेवी, सहकारी अभियन्ता समेत हुन् । लामो समय पर्यटन प्रवद्धर्न, विकास, सामाजिक सेवा र आर्थिक समृद्धिको क्षेत्रमा काम गरेका सामान्य र सरल स्वभावका धरेल विभिन्न संघसंस्थामा आवद्ध छन् । निष्ठा, सामाजिक हित र सेवा भावमा केन्द्रीत धरेलले आफूू व्यवसायमै समर्पित हुने प्रतिबद्धता गरेका छन ।