जुम्ला । जुम्लामा अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित खाम र फाइल उद्योग बन्द भएकोछ।
एक वर्षदेखि तयारी गरेका सादा खाम तथा फाइलहरु आजभोली थन्किएको अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्रका अध्यक्ष रामकृष्ण न्यौपानेले बताए ।
लगभग ३ हजार बढी खाम र ५ हजार भन्दा माथि फाइलहरु थन्क्याएर राखिएका न्यौपानेको भनाइछ ।
उद्योगले उत्पादन गरेका सामाग्रीबाट नाफा कमाउनको लागि उत्पादन गरेर पनि विक्रिवितरण गर्ने बजार नभएकाले र खपत गर्नमा समस्या आएकोले गर्दा अहिले उद्योग बन्द भएको न्यौपानेले गुनासो गरे ।
उनले भने सादा खाम रु ५ र फाइल रु ८ रुपैयाँले बेचिरहेका थियौं ।
जुम्ला बजार भित्र रहेका विद्यालय र स्टेशनरीमा किनबेच भइरहेको थियो । अहिले विक्रि गर्नमा समस्या भएकोछ ।
प्रत्येक दिन १० जना अपाङ्गता व्यक्तिहरुले खाम र फाइल बनाउने कार्य गरिरहेका केन्द्रका महासचिव बिजकली महताराले बताइन् ।
जुम्ला बजारको टुँडिखेल नजिकै रहेको घरमा भाडा तिरेर उद्योग सञ्चालनमा भइरहेको थियो ।
उद्योगले घरभाडा मासिक रु ४ हजार , ५ सय रुपैयाँ तिर्दै आएको थियो ।
वि। सं । २०७४ सालमा घरेलु तथा साना उद्योग विकास समिति र अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्रसँग साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुले खाम र फाइल बनाउन तालिम लिएका थिए ।
सिप आर्जन गरेर आफै खाम र फाइल निर्माण गर्न पर्यास गरिरहेका थिए ।