चन्दननाथ लघुवित्त सहकारी अब्बल बन्दै  
     चन्दननाथ लघुवित्त सहकारी अब्बल बन्दै  

हालसम्म सहकारीमा २० हजार सदस्य बनिसकेका छन् । स

    • Bell Sanchar

    • ५ पुष २०७९, मंगलवार

जुम्ला, 
जुम्ला सदरमुकाम खलङ्गा बजारमा केन्द्रीय कार्यालय रहेको चन्दननाथ लघुवित्त बहुउद्देश्यीय सहकारी संस्था पछिल्लो समयमा कर्णाली प्रदेशकै नमुना सहकारीको रुपमा स्थापित भएको छ ।

सहकारी विषेशगरी माथिल्लो कर्णालीका मुगु, कालिकोट र जुम्लाका ग्रामीण भेगमा गएर त्यहाँका महिलालाई आर्थिक स्रोतको वृद्धिदेखि उनीहरुको आत्मनिर्भरका सीपमुलक तालिममा केन्द्रित रहेको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिनुभयो ।

हालसम्म सहकारीमा २० हजार सदस्य बनिसकेका छन् । सहकारीले कर्णालीसहित लुम्बिनी, गण्डकी र बगमति प्रदेशका ३८ जिल्लामा सेवा केन्द्र विस्तारका लागि स्वीकृति पाएकोे सहकारीका अध्यक्ष दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।

सहकारीलाई यहाँसम्म पु¥याउन सहयोग गर्ने संस्थापकदेखि सबै टिमलाई धन्यवाद दिँदै सहकारीले महिला सहभागितालाई विशेष जोड दिएको अध्यक्ष न्यौपानेको भनाइ छ ।

संस्थाको आर्थिक गतिविधि संस्थाका सञ्चालक सदस्य गोकर्ण जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्देै चन्दननाथ सहकारीले रु एक अर्ब ५८ करोड आठ लाख ७२ हजार छ सय कर्जा प्रवाह गरेको बताउनुभयो । कर्जा असूली एक अर्ब २६ करोड ४६ लाख आठ सय ९२ रहेको र सहकारीका हालको आम्दानी रु नौ करोड ६५ लाख एक हजार छ सय ८७ रहेको उहाँको भनाइ छ । उहाँका अनुसार सहकारीको खुद नाफा एक करोड पाँच लाख ४० हजार तीन सय २४ छ ।

सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जुम्लामा स्थापना भएको सहकारी नेपालकै लागि गौरवको सहकारीका रुपमा स्थापित भएको बताउनुभयो । “शेयर लगानी बढाउनुपर्छ भने सहकारी शिक्षामा पनि ध्यान दिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “यहाँका महिलालाई आर्थिकरुपमा परिपक्क बनाउन सहकारीले विशेष प्रकारका योजना ल्याउनु आवश्यक छ ।”

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जिल्लामै एक अर्ब बढी कारोबार गर्ने सहकारीले आर्थिक र सामाजिक क्षेत्रमा राम्रो काम गरेको बताउनुभयो ।

पातारासी गाउँपालिकाका पूर्वध्यक्ष लक्षिमन बोहराले सहकारीको समृद्धिका लागि सबै लाग्नुपर्ने भन्दै कुशल नेतृत्वमा जोड दिनुपर्ने बताउनुभयो । तिला गाउँपालिका पूर्व उपाध्यक्ष विष्णुमाया बुढाले चन्दननाथ सहकारीमा महिला सहभागिता र बचत गर्ने सिकाइ निकै राम्रो भएको भन्दै अझै अगाडि बढाउन जोड दिनुपर्ने बताउनुभयो । जिल्ला सदरमुकाममा विविध कार्यक्रम गरी सहकारीले आफ्नो १२औँ साधारणसभा सम्पन्न गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित