जुम्ला । कनकासुन्दरी २ मालिकाबोता गाउँकी काली रावतले हिउँदको चार महिना दाउरा, स्याउला र मल ९ पर्सो ० को भारी पिठ्युँमा बोक्दै आएकी छन् ।
भाले बासेको डाकोमै सवेरै उठेर नास्ता खाएर डोको बन्चोरो समातेर २ घण्टा हिडेर लेक पुगिन्छ ।खर्सुखका दाउरा बनाएर ढोकोमा राखेर पिठ्युँमा बोकेर घर विहान १० बजे पुग्छौं। खाना खाएर फेरी डोको बन्चरो समातेर जङ्गलमा दाउरा ल्याउन जानु पर्ने दुस् ख व्यक्त गरिन् रावतले ।
हिमा २ राजकली रोकायाले भनिन् छोरीको जन्म नहुनु नै रहिछ , महिलाको शारीरिक संकट त छदैछ त्यसमा पनि रुषषको तुलनामा महिलाले बढी भारी बोक्नु पर्ने रोकायाले बताइन् ।
मङ्सिरको महिना स्याउला ९ पिरल खेड्दै ठिकै हुन्छ , पुषको महिना दाउरा ल्याउने, माग र फाल्णुणको महिना मल ९ पर्सो ० बोक्दै यि चार महिनामा कहिले पनि जुम्लाकी महिलालाई भारी बोक्न हट्दैन बिजकली बुढाले भनिन् ।
बर्खाको याममा महिलालाई त्यति सारो बोक्ने भारी हुदैन तर हिउँदको समय आएकी महिलालाई राति सुते बाहेक अरु समयमा जतिबेला पनि भारी बोक्नु पर्ने बुढाले बताइन् ।
जुम्लामा चार महिना पुरुष चिसो टार्न , व्यपार गर्न , लेवरीकाम गर्न र कालापहाड गएका हुन्छ । घरमा महिला मात्र बसेकी हुन्छन् । महिलालाई बर्खाको याममा हातेकाम मात्र हुन्छ , तर हिउँदको समयमा पिठ्युँमा भारी बोक्नु पर्ने जुम्लाकी महिलाको दुस् ख पिडा रहेको छ ।
विहन र दिउँसो दाउरा ल्याउँछन्, बेलुका मल बोक्नु पर्ने जुम्लामा पुरुषको तुलना भन्दा महिलाले बढी मात्रमा भारी बोक्नु पर्ने प्राचिन काल देखि आएको छ ।
कामले गर्दा न राम्रोसँग खाना खान पाउँछन् , नत लुगाधुन पाउँछन् , नत नुहाउन पाउँछन् मेलापर्व र कुनै पनि भेला , सम्मेलनमा जान पाएकी हुदिनन् । जुम्लाकी महिला काममा व्यस्त भएर यि कुराहरुबाट वञ्चित बनिरहेकी छन ।
हिउँदमाको समयमा महिलालाई दिनभरी भारी बोकेर राती निदाउन पनि पाउदिनन् दिनमा काम गरेको शरिर राति सुत्ताखेरी हातखुट्टा र जिउ दुखेर जरो आउने गरेको देखिन्छ ।
सानातिना अन्य भारी त थुप्रै बोक्नु पर्छ, तर तिन ठुला बोक्नु पर्ने कार्य स् दाउरा, स्याउला र मल हो ।
दाउरा भने पुरुषले पनि बोक्छन् तर स्याउला र मल त पुरुषले बाक्दै बोक्दैनन् जुम्लामा यस्तो चलनचल्ती रहेको ।