जुम्ला । जुम्लाको सिँजा गाउँपालिकाको शान रमणीय पर्यटकीय स्थल सहितको सम्वृधी हाँसिल गर्ने हाम्रो अभियान भने मुल नाराका साथ पुष १० गते आइतबार सिँजा गाउँपालिकाको ११ आौं गाउँसभा सम्पन्न भएको छ ।
जनप्रतिनिधि निर्वाचित भएको ९ महिना पुग्दा सिँजा गाउँपालिकाले भौतिक विकाससँगै मानवको जनचेतनाको फट्को मारेको छ ।
गाउँसभाका सभाअध्यक्ष पुर्ण प्रसाद धितालले प्रस्तुत गरेको प्रतिवेदनको अनुसार शिक्षा , स्वास्थ्यमा सिँजा गाउँपालिकाले ९ महिना भित्र विद्यालयको अनुगमन देखि लिएर प्रत्येक विद्यालयमा अतिरिक्त कृयाकलाप समेत गराएको प्रतिवेदनमा प्रस्तुत गर्नु भएको छ ।
स्वास्थ्य क्षेत्रमा आौषधी उपलब्ध गराई कर्मचारीलाई नियमित काममा खटाइरहेको र गाउँ गाउँमा स्वास्थ्यकर्मी पुगेर विरामीको चेकजाँच गराएको अध्यक्ष धितालले बताए ।
असोज महिनाको १९ गते देखि २३ गते सम्म अविरल वर्षाले गर्दा सिजामा पुर्णरुपमा क्षति भएका घर परिवारलाई ५ लाख ५० हजार रुपैयाँ दिने र जो व्यक्तिको कुनै ठाउँमा पनि अर्को घर छैन् बस्ने घर बत्केको छ , त्यस्तो व्यक्तिलाई आर्थिक राहत पालिकाले उपलब्ध गराउने धितालले बताए ।
सिजा गाउँपालिकाले ५ वर्षमा कर्णाली प्रदेशका पालिका मध्य पहिलो बनाउन सबैको सहयोग चाहिएको धितालले भने ।
उक्त गाउँसभाका सभाअध्यक्ष पालिका अध्यक्ष पुर्ण प्रसाद धिताल रहनु भएको थियो । भने विशेष अथितिमा पालिका उपाध्यक्ष सितली रोकाया रहनु भएको थियो ,अथितिमा प्रत्येक वडा अध्यक्ष, कार्यपालिका सदस्य , वडा सदस्यका साथै नेपाली काङ्ग्रेस पार्टी प्रतिनिधि तिलाचन्द्र चौलागाईं र माओवादी केन्द्र पार्टीबाट रतन शाही रहनु भएको थियो ।
नेपाली काङ्ग्रेस पार्टी प्रतिनिधि तिलाचनद्र चौलागाईंका अनुसार प्रतिपक्ष दलको हिसावले भन्नु पर्दा पालिकाले ५ वर्षमा राम्रो कार्यको सम्मान र नराम्रो कामको खबरदारी गर्छौं , चौलागाईंले भन्नु भयो ।
सिँजा गाउँ पालिकाले मुख्य रुपमा शिक्षा र स्वास्थ्यमा जोड दिएको प्रतिवेदनमा खल्लेख गरिएको छ ।
पालिकाले आफ्नै रोलर र डोजर खरिद गरेर पालिकामा ल्याएको छ । वाढिपहिरोले विगारेका सड्कबाटो पुन सञ्चालनमा ल्याएको छ ।