जुम्ला । नेपाली सेनाका सेनानी ९ कर्णेल जुम्लामा कार्यरत रहेका अञ्जन रुपाखेती बाथरुममा झुन्डिएको अबस्थामा मृत्य कएको भेटिएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यलय सुर्खेतका एसएसपी माधव श्रेष्ठको जानकारी अनुसार नेपाली सेनाको २४ नम्बर बाहिनी जुम्लामा कार्यरत सेनानीको बाथरुममा झुन्डिएको मृत्य अबस्थामा भेटिएको छ ।
आफन्त पुगेपछि रुपाखेतीको शव पोष्टमार्डमको लागि पठाउने तयारी गरिएको श्रेष्ठले बताए ।
प्रमुख जिल्ला अधिकारीको कमानमा जिल्ला सुरक्षा समितिको टोली र नेपाली सेनाको २४ नम्बर बाहिनी घटना स्थलमा पुगेको छ ।
घटना के कसरी भयो भन्ने विषयको जानकारी थप आउन बाँकी छ । र घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।