५२ लाखको पुलमा गाडी नगुड्दै भत्कियो
५२ लाखको पुलमा गाडी नगुड्दै भत्कियो

बाढीले भत्काएको पुलमा पक्की पुल बनाउनु पर्ने स्थानीयको माग छ ।

    • उमेश बुढा

    • १२ पुष २०७९, मंगलवार

 

जुम्लाको सिँजा गाउँपालिका वडा नम्बर ३ को हिमा नदीमा ५२ लाख रुपैयाँको बजेटले बनाएको पुल वाढीले भत्काए पछि सवारी आवतजावत गर्नमा ठप्प बनेको छ ।

असोज महिनाको १९ गतेदेखी २३ गतेसम्मको अविरल वर्षाले गर्दा ठुलो वाढी आएपछि पुल बगाउन सकेको थिएन, तर पुललाई जिर्ण अबस्थामा पुर्याएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालका अनुसार यो पुल अहिले नत, पुनमर्मत गर्न सकिनेछ नत, भत्काएर त्यही ठाउँमा नयाँ पुल बनाउन सकिनेछ । धितालले भने , पुल नहुदा गाडी गुड्नको त कुरै नगरौं मान्छेलाई आवतजावत गर्न पनि निकै ठुलो समस्या भएको छ ।

नराकोट बजार र पालिकाको कार्यलयदेखि कर्णाली राजमार्गको नाग्म गमगढी सड्क जोड्ने उक्त पुलले सिजा २ लाई यातायातसँगै मानिस हिडडुल गर्न र राजमार्गसँग समेत जोडेको थियो । पुल भने अहिले काम नलाग्ने बनेको छ ।

सिँजा गाउँपालिका अघिलो सरकारले ५२ लाख रुपैयाँ खर्च गरेको थियो ।
यो ठाउँमा निकै मान्छेको आउन जानमा काम पर्छ, तर त्यही ठाउँमा नत गाडी चल्ने राम्रो पुल छ, नत मान्छे हिड्ने साघु छ । बाढीले भत्काएको पुलमा पक्की पुल बनाउनु पर्ने स्थानीयको माग छ ।


पालिकाले पुल बनाउनु भन्दा अगाडि सोच विचार गरेर पुल बनाएको भए बाढीले यस्तो बनाउने अबस्था हुदैनथ्यो स्थानीय कमल बुढाले बताए ।
पालिकाको गल्ती कमजोरीले गर्दा नत बनेको पुल रह्यो नत बजेट सही तरिकाले सदुपयोग भयो । अब जुनसुकै भौतिक संरचना बनाउदा सबैतिर अवलोकन गरेर बनाउनु पर्न बुढाले बताए ।

सिजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले भने अघिल्लो सरकारले गरेको गैरजिम्मेवारीले पुल भत्किएको बताए । इन्जिनियरलाई पुलको बारेमा बुझ्दा सोध्दा पुनमर्मत नहुने भने पछि , अब पक्की पुल बनाउनमा पालिका तयारीमा छौं । भत्किएको पुलको डिपिआर मिलेको छैन् । एलआरबीपीले पुलको डीपीआर ठिक छ भने पठाइसके पछि मात्र त्यहीँ ठाउँमा गरेको डीपीआरमा मिल्छ भने मात्र पक्की पुलको निर्माणको काम सुरु गरिने अध्यक्ष धितालले बताए ।

५ वर्षको कार्यकालमा अघिलो सरकारले गरेको कच्चा काम नहुने समेत प्रष्ट पारे ।

पुल भत्किए पछि मानिस २ महिना सम्म आवतजावत गर्न सकेका थिएनन् । यस ठाउँमा पहिले काठे लाप्को थियो । लाप्को हुँदा मानिसलाई सजिलो थियो । त्यो लाप्को पालिकाले भत्काएर अर्को ५२ लाखको गाडी घुड्ने पुल बाएको थियो । त्यो पुलकोमा गाडी नचल्दै बाढीले भत्काए पछि अहिले निकै समस्या भएको छ।
अहिले पुल लस्केको छ पुल वरिपरिको भुभाग वाढीले कटान पारेको छ । खेतीयोग्य जमिन पनि बिगारेको छ ।

साताकाे चर्चित
सम्बन्धित