आजको मौसम तराईमा बाक्लो हुस्सु, उच्च पहाड तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आजको मौसम तराईमा बाक्लो हुस्सु, उच्च पहाड तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
    • Bell Sanchar

    • २८ पुष २०७९, बिहीबार

काठमाडौं 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश १ का हिमाली भूभागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा तथा गण्डकी  प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  तथा वाग्मती प्रदेश र प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

विभागका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमपात र बाक्लो हुस्सु तथा कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने भन्दै विभागले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित