सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशमा विनोदकुमार शाहलाई मन्त्री बनाउने भएको छ ।
नेकपा एमालेले प्रदेश अध्यक्षसमेत रहेका शाहलाई प्रदेश सरकारमा पठाउन लागेको हो ।
शाहले दैलेख २ को प्रदेश सभा २ बाट चुनाव जितेका थिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सुरुमा २ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।