सिंजागाउँपालिकामा १५० जना कृषकलाई स्याउ बिरुवा काँटछाँट समन्धी तालिम संचालन
सिंजागाउँपालिकामा १५० जना कृषकलाई स्याउ बिरुवा काँटछाँट समन्धी तालिम संचालन
    • उमेश बुढा

    • ३ माघ २०७९, मंगलवार

जुम्ला 

जुम्लाको सिंजागाउँपालिका १५० जना कृषकलाई स्याउ विरुवा काँटछाँट घुम्ती तालिम संचालन भएको छ । तालिम संचालन सोमवार देखि सुरु भएको छ ।

सिँजा गाउँपालिका वडा नम्बर १ र २ मा ५० जना कृषकलाई तालिम दिइसकेको छ । सिँजा गाउँ पालिका भित्रका स्याउ बिरुवा भएका कृषकले काँटछाँट गर्दा बाहिरबाट काँटछाँट गर्ने मान्छे खोजेर ल्याउनु नपर्ने उद्यश्यले कृषि विकास शाखा सिजा गाउँपालिकाले यो तालिम सञ्चालन गरेको कृषि प्राविधिक दलविर कामीले जानकारी दिए ।

उनका अनुसार स्याउ बगौंचा भएका कृषक समुह , सहकारी बाट छानिएर आएका व्यक्तिलाई तालिम दिएको हो । भने , स्याउ विरुवा नभएको व्यक्तिले पनि तालिमबाट सीप सिकेर आफ्नो वडा र पालिका भित्र स्याउका बिरुवा काँटछाँट गर्न सक्ने उद्यश्यले लातिम प्राप्त गरिरहेका छन् कामीले बताए ।

कृषक पार्वती आचार्य भन्नु हुन्छ , सबै किसानले कृषि विषय सम्बन्धि पढेर अनुभव लिएका हुदैनन् तर हामीले १ दिने स्याउका बिरुवा काँटछाँट गर्ने तालिम पायर सीप सिक्न पाउदा खुसी भएका छौँ , आचार्यले भनिन ।

महिले एक ओटा आरी , सिकेचर , डटपेन , कापी र नास्ता पनि पाएको आचार्यले बताइन् ।

एकजना कृषक बराबर सामाग्री दिएको लागत रु १६ सय रुपैयाँ दिएको कृषि विकास शाखा सिजा गाउँपालिकाले जनाएको छ ।

हामीले १ दिने तालिम प्रत्क्षय स्याउ बिरुवा भएको ठाउँमा पुगेर प्राटिकल गरेर सीप सिक्न पाउदा हृदय देखी खुसी भएको अर्का कृषक धन प्रसाद व्याकुरेले बताए ।

सिँजा गाउँपालिका कृषि विकास शाखाले कृषकलाई आफ्नो स्याउ बगैंचा आफै छाँटकाँट गरेर छिमेकीको पनि गर्न सक्ने लक्ष्यका साथ प्रत्यक वडामा तालिम सञ्चालन गरेको छ ।

तालिम एक दिने नभएर ३र ४ दिन सम्म भएको भए अझै कृषक छाँटकाँट गर्न दक्ष हुने थियौँ , कृषकको भनाइ छ ।

तालिम सिजा १ र २ वडामा सकिएको छ । भने , ३, ४ , ५ र ६ वडामा पनि एक एक दिन तालिम दिएर माग महिना ७ गते सिद्याउने पनि कृषि शाखा कार्यलयले जनाएको छ ।
सिजा गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका जम्मा १५० जना कृषकलाई एक एक आरी ,सिकेचर , डटपेन कापी र नास्ता गरेर ३ लाख बराबरको खर्च आउने देखिन्छ ।

साताकाे चर्चित
सम्बन्धित