आफै गाडीमा लोडगरी २५ लाखको उपकरण र औषधी सिँजामा ल्याए अध्यक्ष धितालले
आफै गाडीमा लोडगरी २५ लाखको उपकरण र औषधी सिँजामा ल्याए अध्यक्ष धितालले
    • उमेश बुढा

    • २७ माघ २०७९, शुक्रबार

जुम्ला । काठमाडौंबाट आफै गाडीमा लोडगरी २५ लाखको उपकरण, औजार र औषधी सिँजा गाउँपालिकामा अध्यक्ष धितालले ल्याएर आइपुगेका छन् ।

जनतालाई प्रत्यक्ष सुविधा पाउन मुस्किल परिरहेको परिस्थितिमा स्वास्थ्य सेवा विभागमा जुम्लाको दुर्गम ठाउँमा जनतालाई सिटामल समेतको अभाव हुन्छ ।

भन्दै माग र अथक मेहनत र प्रर्‍यासले सर्किजल उपकरण औजार र औषधी सिँजामा ल्याएको अध्यक्ष धितालले बताउनु भएको छ ।

स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने महत्त्वपूर्ण औषधी र औजार लाएर जनतालाई रोगबाट बचाउन , स्वास्थ्यकर्मीलाई स्वास्थ्य क्षेत्रमा कार्य गर्दा सहज होस् भन्ने उद्देश्यले यो सामाग्री ल्याएको धिताले बताए ।

सिँजा पालिकामा स्वास्थ्य चौकी ३ ओटा , आधारभूत स्वास्थ्य केन्द्र ३ ओटा र सामुदायिक स्वास्थ्य किल्निक १ ओटा रहेको जनस्वास्थ्य निरिक्षक प्रकाश धितालले जानकारी दिनु भएको छ ।
यि स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने औजार र औषधी स्वास्थ्य सेवा विभाग काठमाडौंबाट ल्याएर सिजाका स्वास्थ्य केन्द्रमा राखिने निरिक्षक धितालले बताए ।

जुम्लामा रहेका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र भवन भएता पनि पर्‍याप्त मात्रामा औषधी विरामीले पाउन सकेका छनन् ।

सामान्य मानिस विरामी हुँदा स्वास्थ्य चौकीमा औषधी नहुँदा विरामीले मेडिकल धाउनु पर्ने देखिन्छ । यस्तो अवस्थालाई बुझ्दा सिजा गाउँपालिका अध्यक्ष धितालले काठमाडौंबाट आफै गाडीमा लोड गरेर सिजामा ल्याएका छन् ।

साताकाे चर्चित
सम्बन्धित