काठमाडौं । साउदी अरबको अल हिलाललाई ५-३ गोलअन्तरले पराजित गरी स्पेनिस महारथी रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।
मोरक्कोमा भएको फाइनलमा रियलका लागि भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले २-२ तथा करिम बेन्जेमाले १ गोल गरे । अल हिलालका मोउसा मेरेगाले १ र लुसियानो भेट्टोले २ गोल गरे ।
रियलले कीर्तिमान विस्तारित पाँचौँ पल्ट क्लब विश्वकपको उपाधि जितेको हो। रियलले सन् २०१४ देखि २०१८ को बीचमा चारपल्ट यो प्रतियोगिता जितेको थियो ।
सन् २०२५ देखि फिफाले क्लब विश्वकपको संरचना परिवर्तन गरी विश्वकपजस्तै विश्वभरबाट टिम छनौट गरी ३२ टिमको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागेको छ ।
हरेक चार वर्षमा आयोजना हुने सो प्रतियोगिताको पहिलो संस्करण मोरक्कोमा हुनेछ ।