जुम्लामा दैनिक आँखा परिक्षण र शल्यक्रिया हुने गरी १० बेडको अस्पताल स्थापना गरिने
जुम्लामा दैनिक आँखा परिक्षण र शल्यक्रिया हुने गरी १० बेडको अस्पताल स्थापना गरिने
    • उमेश बुढा

    • २९ माघ २०७९, आईतवार

 

जुम्ला ।

नेत्र ज्योति संघ जुम्लाका सभापति धनबहादुर बस्नेतका अनुसार प्रत्येक वर्षमा जुम्लाका ८ वडा पालिकामा पटक पटक आँखाको शल्यक्रिया गर्नु पर्ने हुन्छ ।

आँखाको शल्यक्रिया र परिक्षण गर्नको लागि शिविर चलाइरहनु पर्ने हुँदा बाहिरबाट चिकित्सक जुम्लामा ल्याएर शिविर सञ्चालन गर्नु भन्दा जुम्लामा दैनिक शल्यक्रिया र परिक्षण गर्ने गरी १० बेडको आँखा अस्पताल स्थापना गर्न थालिएको सभापति बस्नेतले बताए ।

जुम्लामा वर्षको एक पटक मात्र शिविर राख्दा तीन सय भन्दा बढीको आँखाको शल्यक्रिया गर्ने विरामी आएको पाइन्छ । भने ३५ सयभन्दा बढी आँखाका रोगीहरुले परिक्षण हुने गरेको थियो ।

आँखा अस्पताल स्थापना गर्नको लागि सबै सरकार निकायासँग अपिल समेत गरका छन् ।

नेपाल नेत्र ज्योति संघ केन्द्रले उपकरण र एकजना चिकित्सक पठाएको जिल्ला समन्वय समिति जुम्ला प्रमुख गौरीनन्द आचार्यले
जानकारी दिनु भएको छ ।
चिकित्सकलाई सहयोग गर्ने दुईजना कर्मचारी भर्ना गर्नको लागि स्थानीय सरकारसँग सहयोगको माग गरेका छौ आचार्यले बताए ।

नेत्र ज्योति संघ जुम्लाले आँखा अस्पताल स्थापना गर्नका लागि अभियान सुरु भएको छ । आँखा उपचार केन्द्रलाई स्तर उन्नति गरेर चन्दनाथ नेत्र ज्योति संघ अस्पताल स्थापना गर्न लागिएको हो ।

साताकाे चर्चित
सम्बन्धित