हिमाली जिल्ला मनाङमा एकै महिनामा भित्रिए ४२ देशका पर्यटक
हिमाली जिल्ला मनाङमा एकै महिनामा भित्रिए ४२ देशका पर्यटक
    • बेल संचार

    • २ फाल्गुन २०७९, मंगलवार

 मनाङ। हिमाली जिल्ला मनाङमा यसवर्षको हिउँदमा हिउँ नपरे पनि पर्यटकको आवगमन भइरहेको छ ।

हिउँदमा हिमपातमा रमाउने पर्यटकको यसवर्ष हिउँ नपरे पनि आवागमन भने रोकिएन।

सन् २०२३ को सुरवातमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन् । जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमण गरेको तथ्याङ्क रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार जनवरीमा सबैभन्दा बढी कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएको तथ्याङ्क छ ।

‘विशेषगरी हिउँदमा यहाँ चिसो र हिमपात हुन्छ तर यसवर्ष हिँउ परेन, हिउँदमा हिउँ खेल्न पर्यटक आउने हो, हिउँ नपरे पनि झन विदेशी पर्यटक बढेका छन्’, प्रमुख गौतमले भने ।

नयाँ वर्षको योजना बनाएर कोरियाका पर्यटक मनाङ भ्रमणमा आएका थिए । उनीहरूले यहाँको भन्दा बढी चिसोमा बसिरहेका हुनाले हिउँदमा त्यहाँका पर्यटक बढी आउने गरेको उनले बताए ।

हिमपात नहुँदा थोराङ्ला भञ्ज्याङ कट्ने, तिलिचो ताललगायत विभिन्न स्थानमा पुcग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएका थिए ।

साताकाे चर्चित
सम्बन्धित