बुटवल । लुम्बिनी प्रदेश सरकारले ३ अर्ब बढी लागतमा १० वटा मन्त्रालय भवन बनाउन शुरु गरेको छ । भवनहरुको बुधबार मुख्यमन्त्री लिला गिरीले शिलान्याश गरेका छन् ।
प्रदेश सरकार स्थापना प्रवेशको छैठौं वर्ष प्रवेशको अवसर पारेर दाङको राप्ती गाउँपालिका–३ लालमटियामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सहित १० वटा मन्त्रालय भवन शिलान्याश गरिएको हो ।
प्रदेश सरकारको खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय अन्तर्गत प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले निर्माण कार्य कार्यान्वयन गर्नेछ ।
भवन शिलान्याश गर्दै मुख्यमन्त्री गिरीले निर्धारित समयमै निर्माण पूरा गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै यसमा स्थानीयको साथ हुनुपर्ने बताए ।
प्रदेश सरकारले राजधानीको गुरुयोजना अनुसार मन्त्रालय भवन र अन्य पुर्वाधार बनाउँदै जाने बताए ।