जुम्ला । मौरी, बाख्रा , कुखुरा फर्निचर , हाउस वाइरिङ लगायतका व्यवसाय गरिरहेका आप्रवासी युवालाई कनकासुन्दरी गाउँपालिकाबाट आई एन एफले अवलोकन भ्रमणमा लिएको छ ।
भ्रमणमा गएका युवा टेक हमाल भन्नु हुन्छ , व्यवसायी गरेर मात्र हुदैन रहेछ जस्तो लाग्यो यो भ्रमण गरेर बल्ला बुझे काठमाडौ ,पोखरा , बाँके जस्ता ठाउँमा रहेका व्यवसायीहरुले गरेको व्यवायबाट मलाई सिकाई भएको छ ।
६ दिने भ्रमण गर्दा व्यवसाय कसरी गर्दा उपयुक्त फलदायी र नाफामुखी हुने रहेछ । यो अवलोकन भ्रमणबाट प्रष्ट भएकोछु , हमालले बताए ।
विगत लामो समय देखि आई। एन। एफ। नेपाल जुम्ला शाखाद्वारा सञ्चालित सृजना परियोजनाले कनकासुन्दरीमा व्यवसायी युवालाई सिप आर्जन र व्यवसाय सचेतना सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएको आईएनएफ नेपाल शाखा जुम्लाले जनाएको छ ।
परियोजना अधिकारी भगवती शाहीका अनुसार कनकासुन्दरीका वडा वडा नम्बर १ देखि ८ सम्मका १८ जना आप्रवासी युवालाई नेपालको विभिन्न जिल्लामा रहेका कृषि फर्ममा अवलोकन गर्न लिएको अधिकारी शाहीले जानकारि दिनु भएको छ ।
जुन व्यवसाय गरिरहेका युवालाई अन्य ठाउँका व्यवसायीहरुले के कसरी गरिरहेका छन् त्यो देखासिकी गरेर कनकासुन्दरीमा पनि गरोस् भन्ने उद्देश्यले यो ६ दिने भ्रमण गराएको शाहीले बताइन् ।
आई। एन । एफले अवलोकन भ्रमण गराएर आप्रवासी युवालाई भ्रमणबाट ज्ञान , सिप सिकेको ठुलो अनुभुति भएको भ्रमण कर्ता बताउँछन् ।
व्यवसायीहरुलाई पटक पटक यस्ता भ्रमण गरिरहने हो भने , कनकासुन्दरीमा व्यवसाय गर्ने व्यक्तिले गुणस्तरीय रुपमा व्यवसाय गरेको देखिने छ ।
६ दिने भ्रमणबाट फाइदा जनक भएको भ्रमणमा गएका युवा सन्तोष जनक भएका छन् ।