काठमाडौं । भारतसँग २ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली महिला टोली घर फर्केको छ ।
आज आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।
भारतको चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेल गोलरहित बराबरी भएको थियो ।
यसअघि ३ फागुनमा भएको पहिलो मैत्रीपूर्ण खेल २-२ को बराबरीमा सकिएको थियो ।
पेरिस ओलम्पिक २०२४ को एसियन क्वालिफायरको तयारीमा रहेका भारत र नेपालले दुई मैत्रीपूर्ण खेल खेलेका हुन् ।