काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकीर्तिमानी खेलाडी महबुब आलमले टी–२० लिगमा स्पट फिक्सिङका लागि दुई जना खेलाडीसँग अप्रोच गरेको स्वीकारेका छन् ।
सरकारी वकिलको रोहवरमा प्रहरीलाई दिएको बयानमा आलमले त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिगमा दुई जना खेलाडीलाई आफूले फिक्सिङका लागि प्रस्ताव राखे पनि उनीहरुले अस्वीकार गरेको बताएका छन् ।
‘त्यसअनुसार भन्दा एकजनाले मबाट यो काम हुँदै भन्ने जवाफ दिए, मैले उनलाई पैसा राम्रो दिएको भएर कुरा गरेको, बाँकी ६ म्याचको प्रति म्याच ६ लाखको दरले ३६ लाख हुने म्यासेन्जरमा बताएको थिएँ’, उनले भनेका छन्, ‘मलाई पनि प्रति म्याच २ लाख रुपैयाँ दिने बताएर खेलाडीसँग सम्पर्क गर्न भनिएको थियो ।’