काठमाडौं । आईसीसी लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपाली टिममा एक परिवर्तन गरिएको छ । तेस्रो खेलमा खेलेका तीव्र गतिका बलर गुल्सन झालाई स्पिनर ललित राजवंशीले प्रतिस्थापन गरेका छन् ।
नेपालले जारी घरेलु मैदानमा भएको सिरिजको पहिलो खेलमा नामिबीयालाई २ विकेटले तथा शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेट र तेस्रो खेलमा नामिबीयालाई ३ विकेटले पराजित गरेको थियो ।
नेपालको प्लेङ ११:
आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी , सोमपाल कामी, करण केसी, कुशल मल्ल, सन्दीप जोरा र सन्दीप लामिछाने ।