सरकारबाट बाहिरिन सक्ने राप्रपा
सरकारबाट बाहिरिन सक्ने राप्रपा
    • बेल संचार

    • १३ फाल्गुन २०७९, शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार आकस्मिक बैठक बोलाएको छ ।

पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक  बिहान ८ बजेका लागि बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकबाट सरकारले राप्रपाले आवश्यक निर्णय गर्नेछ ।

कांग्रेससहितको नयाँ समीकरण बनेसँगै पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने एक नेताले बताए ।
यसअघि राप्रपाले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा कसैको प्रस्तावक र समर्थक नबन्ने निर्णय गरेको थियो ।

 

साताकाे चर्चित
सम्बन्धित