जुत्ता सिलाईले जीवन गुजारा गरेका गङ्गसिंह सार्की
जुत्ता सिलाईले जीवन गुजारा गरेका गङ्गसिंह सार्की
    • उमेश बुढा

    • १४ फाल्गुन २०७९, आईतवार

जुम्लाको कनकासुन्दरी ६ दाँते ओखरका गङ्गसिंह सार्कीले जुत्ता सिलाएर जीवन गुजारा गर्दै आएका छन् ।

उनको घरमा परिवार सङ्ख्या भने १० जना रहेको छ । एक जनाले कमाई गरेको आयश्रोतले पुरै परिवारलाई पाल्न धौं धौं भएको छ ।

सार्कीका अनुसार गोठिज्युला बजारमा यस भन्दा अगाडि जो सुकैको पसल अगाडि छेउछाउमा बसेर जुता सिलाउदै आएको थिए । तर अहिले कर्णाली राजमार्गको नाग्म गमगढी सड्कमा पर्ने गोठिज्युला बजारको डिल पट्टी सानो जस्ता पाताले छाएको टहरामा भाडा तिरेर जुता सिलाई गरेको छु , उनले भने ।

जुता सिलाउनु भन्दा अगाडि उनले गाउँ गाउँमा गएर जालौंडा , हलुडा बनाएर बच्ने गरेका थिए । तर यो कार्यले जीवन चलाउन मुस्किल हुन्थ्यो , अहिले भने जुता सिलाएर मासिक लगभग ४० हजार कमाई हुन्छ, सार्कीले बताए ।

गोठिज्युला बजारमा करिब उनले ५ वर्ष जुता सिलाएर जीवन बिताएका छन् । जेहोस् जुता सिलाईबाट राम्रो आम्दानी गएको सार्कीको भनाइ छ ।
अहिले कोठाभाडा तिरेर पनि बिहान बेलुका एक गास खान र एक सरो कपडा लगाउने रुपैयाँ जुता सिलाएर गुजारा गर्दै आएको छु। उनले भने , अझै मलाई जुता चप्पल सिलाउने तालिम दिने व्यक्तिको खाँचो परेको उनको गुनासो रहेको छ ।

जुत्ता सिलाउने ग्राहक खोजि रहनु पर्दैन , गङ्गसिंह सार्कीलाई जुता सिलाउन आउने मान्छे सोधेर आउछन् । प्रत्येक दिनमा उनको टहरा जुता सिलाउन आउनेहरुको घुइँचो लागेको देखिन्छ ।

दिनको ५ जोडादेखि ८ जोडा सम्म जुता सिलाई गरेको छु । १ जोडाबाट दुई सय लिने गरेको छु । जुता सिलाईबाट मलाई राम्रो कमाई भएको सार्कीको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित