हर्षोल्लासको पर्व होली मनाउन शुरू
हर्षोल्लासको पर्व होली मनाउन शुरू
    • बेल संचार

    • २२ फाल्गुन २०७९, सोमबार

काठमाडौं । नेपालीको हर्षोल्लासको पर्व होली मनाउन शुरु गरिएको छ ।

आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन शुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

काठमाडौं वसन्तपुरमा होली मनाउन मानिस उपस्थित हुन थालेका छन् ।

वसन्तपुरसहित टुँडिखेललगायत स्थानमा होली मनाउन मानिस उपस्थित हुन थालेका छन् ।

साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि शुरू गरिएको चीर पूजा गर्ने मानिसहरुको यतिबेला भीड छ । आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ ।

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।

असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

एक, अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ । यतिबेला काठमाडौंका विभिन्न होली हर्षोल्लासमय समय छ ।

साताकाे चर्चित
सम्बन्धित