जुम्ला ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको सिँजा गाउँपालिका भेलाबाट नयाँ कमिटी गठन भएको छ ।
अध्यक्ष हरी वड , उपाध्यक्ष जुनछायाँ दमाई , झुझुमा दमाई , तिते सार्की , सचिव धनपती वड , सहसचिव पदम तिरुवा , कोशा अध्यक्ष मनकली वड र सदस्यमा धनलक्ष्मी कामी , खड्क सार्की , मुकेश दमाई , उब्जा सुनार लगायत १९ जना सदस्यीय सङ्ख्यामा गठन गरिएको सो कार्यक्रमका सभापति जङ्ग सार्कीले बताए ।
सिँजा गाउँ पालिका नेपाल दलित मुक्तिमोर्चाको भेला गरि सहमतिबाट नयाँ कमिटी गठन गरेको सार्कीले बताए ।
कार्यक्रमको प्रमुख अथिति भने नेपाल दलित मुक्तिमोर्चा जिल्ला कमिटी अध्यक्ष चन्द्र वहादुर नेपाली रहनु भएको थियो । भेलामा एक सय भन्दा वढीको सङ्ख्यामा उपस्थिति रहेको थियो ।