अछामका पृथ्वीबहादुर शाहको २० करोड ४१ लाख नेपाली रुपैयाँ बैंकहरुले रोक्का (सूचीसहित)
अछामका पृथ्वीबहादुर शाहको २० करोड ४१ लाख नेपाली रुपैयाँ बैंकहरुले रोक्का (सूचीसहित)
    • बेल संचार

    • ३० फाल्गुन २०७९, मंगलवार

 काठमाडौं । अमेरिकाबाट शंकास्पद रकम नेपाल भित्र्याएको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहको २० करोड ४१ लाख नेपाली रुपैयाँ बैंकहरुले रोक्का गरेका छन् ।

मंगलबारको विनिमय दर अनुसार ग्लोबल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबिसहितका बैंकमा रहेको उनको खातामा २० करोड ४१ लाख ५८ हजार ११६.४१ नेपाली रुपैयाँ होल्ड गरिएको छ ।

२०७४ सालयता शाहको समूहले अमेरिकाका विभिन्न व्यक्तिसँग ठगी गरेर दर्जन बढी कम्पनीको नाममा मंगलबारको विनिमय दर अनुसार ५९ करोड ४८ लाखभन्दा बढी रकम भित्र्याएका थिए ।

यो अमेरिकी डलर वापतको रकम मात्र हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शंकास्पद रकम भित्र्याएको आरोपमा शाहलाई २२ पुसमा पक्राउ गरेको थियो ।

अनुसन्धानपछि शाहसहितको समूहविरुद्ध ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराधको कसूरमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

सोमबार उनी संलग्न मुद्दामा अदालतले ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

हेर्नुस् रकम रोक्का भएको विवरण :

साताकाे चर्चित
सम्बन्धित