जुम्ला । महिला तथा बालबालिका शाखाले कनकासुन्दरीका प्रत्येक वडामा समाजमा रहेका कुरीती कुसंस्कार विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
समाजमा रहेका बालविवाह , वहुविवाह , दाइजो प्रथा , बोक्सी प्रथा जातीय छुवाछूत , छाउ प्रथा लैंगिक हिंसा ,महिला हिंसा , घरेलु हिंसा मानव बेचविखन , लागूऔषध दुर्वसनिय लगायतका कुसंस्कारलाई अन्त्य गर्ने उदेश्यले यो कार्यक्रम महिला तथा बालबालिका शाखा कनकासुन्दरी गाउँ पालिका प्रमुख रािजिन्द्रा महतले बताउनु भयो ।
कनकासुन्दरी गाउँ पालिका वडा नम्बर १ , २ , ३ र ४ मा सो कार्यक्रम सञ्चालन गरेर सकिएको छ । भने वडा ५ , ६ , ७ र ८ मा कार्यक्रम गर्न भने बाँकी रहेको महतले जानकारी दिनुभयो ।
प्रत्येक वडाका वडा जनप्रतिनिधिसहित अबसरबाट वञ्चित भएका महिला र पुरुष १ सय ४१ जनालाई सहभागी गरेर समाजमा रहेका कुरीती कुसंस्कारको बारेमा सचेतना कार्यक्रम सञ्चालन गरेको र अब बाँकी वडामा कार्यक्रम सञ्चालन हुने पनि महतको भनाई छ ।
कनकासुन्दरीका २ सय ८० जना महिला पुरुषलाई कुरीती कुसंस्कार विरुद्ध सचेतना दिने लक्ष्य रहेको छ ।
विगत २० वर्ष अगाडि कनकासुन्दरीमा कुरीती कुसंस्कार समुदायमा यसले ठुलो जरा गाडेर बसेको थियो वडा ४ , वडा अध्यक्ष धनमानसिंह हमालले भने , अहिले समाजमा छाउ , बोक्सी , जातीय छुवाछूत कम भएको देखिन्छ ।
अध्यक्ष हमालले बताए ।