जुम्ला ।
जुम्लाका युवा देखि अग्रज साहित्यकारको शनिबार जमघट भएको थियो ।
साहित्य विधालाई जोगाउन र साहित्यकारले सामाज, राष्ट्रमा भएका विकृति विसंगतिलाई उजागर गर्ने गर्दछन् ।
साहित्यकारले केवल माया प्रेमका रचना गरेका हुदैनन् । राजनीतिक, आर्थिक, साँस्कृतिक, भौतिक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा रचना गर्ने गर्छन् ।
साहित्यकार रामकृष्ण बुढ्थापाका अनुसार जुम्लालाई साहित्यकारले देश विदेशमा चिनाउन खोज्दा पनि यहाँ साहित्य क्षेत्रको विकास हुन नसक्नाले साहित्यकार जुम्लामै थन्किएका छन् ।
जगतमा भौतिक विकास , मानवको चेतनाको विकाससँगै साहित्यकारको पनि खाचो पर्ने गर्दछ भने , सड्कबाटो मात्र खनेर विकास भएको मानिदैन् साहित्य विधाको पनि उतिकै विकास हुन जरुरी हुन्छ बुढ्थापाले बताए ।
जुम्लामा साहित्य सिर्जना मरेको छैन् तर फष्टाउन नसकेको साहित्यकार यमराज कार्की (बैरागी बाबु ) ले बताए ।
साहित्य सृजनालाई अगाडि बढाउन सकिन्छ , सरकारको ध्यानाकर्षण गराउन पनि सकिन्छ तर साहित्यकार अब एकता भएर संगठन विस्तारमा जुट्नु पर्ने देखिन्छ , लक्ष्मीचन्द्र न्यौपानेले बताए । उनले भने साहित्य सृजनाका कार्यक्रम राख्दै जादा साहित्य क्षेत्र लोभ हुन पाउदैन ।
पुराना २०५२ सालदेखि साहित्य क्षेत्रमा रचना गर्दै आएका अग्रजले भनेका कुरा नयाँ वा युवा साहित्यकारले स्मरण गरेका थिए ।
जुम्लामा खस साहित्य समाज संगठन स्थापना गरेको थियो तर यसले साहित्यकारले रचना गरेका गजल, मुक्तक, भावना कविता , शायरी लगातका रचनाको यो संगठनले देश विदेशमा चिनाउन सकेन । अब संगठनलाई बलियो पार्न र साहित्य रचनालाई अगाडि बढाउनको लागि पुराना र नयाँ साहित्कार लागि पर्ने बताउछन् ।