सांसद जोशीले जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरूका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग
सांसद जोशीले जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरूका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग
    • Bell Sanchar

    • २९ चैत्र २०७९, बुधबार

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले बैतडीको झौंखेलमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरूका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकको शुरूमै बोल्दै उनले रोजगारीका लागि भारतमा गएका बझाङका मजदुरहरूको मृत्यु भएको भन्दै तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरे।

चैत्र २८ गते साँझ जीप दुर्घटना भएको थियो ।

सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले अहिले शवसमेत बुझेका छैनन् ।

सांसद जोशीले सो समस्या तत्काल समाधान गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। ​पीडित पक्षले क्षतिपूर्ति नदिएपछि बैतडीको पाटनमा लास राखेर सडक बाटो अवरुद्ध पारिरहेका छन । तर सरकारले सो विषयमा चासो नदिएकोमा सांसद जोशीको आपत्ति छ ।

साताकाे चर्चित
सम्बन्धित