जुम्ला ।
सिँजा गाउँपालिका वडा नम्बर ३ नराकोट गाउँ बस्ने नन्द वहादुर नेपालीले नराकोट बजारमा कपाल काटेर मासिक रु ३० हजार कमाउँदै आएका छन् ।
उनले सेवाग्राहीहरुलाई कपाल स्टेट बनाइ दिने, फेसियल गर्ने, दाडि काट्ने, कपाल कटिङ्ग र कलरिङ्ग गर्ने जस्ता सेवा दिदै आएका छन् ।
नराकोट बजारमा नन्दु हेयर कटिङ्ग सैलुन नामक हेयर कटिङ्ग खोलेर सेवा दिएका छन्
प्रत्येक दिन कपाल काट्न आउने मान्छे १० देखि १५ सम्म आउने गरेका छन् । उनले भने कपाल कटिङ्ग गरेको रु १०० सय लिने गरेको नेपालीले बताए ।
जाडो महिनामा कटिङ्ग गर्न
भने कमै आउछन्, गर्मिका महिनाहरुमा जेहोस् आउने गरेर राम्रो कमाई हुन्छ । यो कमाईले नेपालीलाई कता जाँउ के गरौँ, के खाने हो, के लगाउँने हो भन्ने चिन्ता छैनन् यो व्यवसायले राम्रो कमाएर घर परिवारको जीवन समेत गुजारा गरेका छन् ।
नेपालीले हेयर कटिङ्ग सञ्चालन गरेर उनको जीवनमा पहिले भन्दा अहिले आर्थिक रुपमा परिवर्तन आएको छ । उनले कपाल काटेर घरपरिवारलाई मासिक ३० हजार आम्दानी गर्ने गरेका छन् । यो व्यवसायबाट नेपाली खुसी भएका छन् ।