काठमाडौं ।
लगातार चार कारोबार दिन घटेको सेयर बजार पाँचौं दिन भने दोहोरो अंकले बढेर बन्द भएको छ ।
नयाँ वर्ष २०८० सुरु भएपछि लगातार घटेको बजार परिसूचक नेप्से बुधबार भने बढेर बन्द भएको हो । बुधबार सेयर बजार मापक नेप्से १५.१३ अंकले वृद्धि हुँदा १९२०.१२ अंकमा बन्द भएको हो ।
म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि उकालो लागेको छ । विकास बैंक उपसूचक सर्वाधिक १.२७ प्रतिशतवे वृद्धि हुँदा व्यापार र फाइनान्स उपसूचक पनि १ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो ।
बुधबार नेप्सेमा कुल २२० कम्पनीको सेयर कारोबार भएकोमा १६७ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै ४१ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १२ कम्पनीको भने स्थिर छ ।
आदर्श लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । डिप्रोक्स लघुवित्तमा १ः१ को सेयर आदनप्रदान अनुपातमा गाभिन लागेको लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । यस्तै तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य पनि २.९१ प्रतिशतले घटेको छ ।