जुम्ला ।
जुम्लाको सिँजा बहुमुखी क्याम्पसको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दल वहादुर जिसी सर्व सहमतिबाट चयन हुनु भएको छ ।
अध्यक्षमा दल वहादुर जिसी , उपा अध्यक्ष तारा आचार्य ( रोकाया ) , सदस्यमा रमेश आचार्य , शेर वहादुर बुढा , भुमिनन्द आचार्य , सन्जिव रावल , सितली रोकाया , दिग्दर्शन जैसी , रण वहादुर शाही , स्ववियु सभापति शन्तोष आचार्य र सचिवमा क्याम्पस प्रमुख तिर्थ नेपाल लगायत १५ सदस्यीय समिति गठन भएको छ ।
क्याम्पस आंगिक बनाउन पहल गर्ने , लेखापरीक्षण र खाता सञ्चालन गर्ने सम्बन्धि तत्काल लागि पर्ने अध्यक्ष जिसीले बताए ।
क्याम्पसको शैक्षिक र भौतिक विकासमा गुणस्तर बनाउने लक्ष्य बोकेर क्याम्पसको उन्नति प्रगती गर्ने जिसीले बताउनु भयो ।
सिँजा बहुमुखी क्याम्पसको विद्यालय व्यवस्थापन समितिमा १५ सदस्यीय समिति सर्व सहमतिबाट गठन भएको क्याम्पस प्रमुख तिर्थ नेपालले बताउनु भयो ।