उच्च अदालत तुलसीपुरको आदेश हरिपौरी माविमा नयाँ व्यवस्थापन समिति गठन गर्न
उच्च अदालत तुलसीपुरको आदेश हरिपौरी माविमा नयाँ व्यवस्थापन समिति गठन गर्न
    • Bell Sanchar

    • १४ बैशाख २०८०, बिहीबार

दाङ,

उच्च अदालत तुलसीपुरले यहाँको एउटा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया नमिलेको भन्दै पुनः नयाँ व्यवस्थापन समिति गठन गर्न आदेश दिएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित हरिपौरी माध्यमिक विद्यालयको माघ २७ गते गठित विद्यालय व्यवस्थापन समिति बदर गर्दै  मंगलबार उच्च अदालतले पुनः अभिभावक भेला बोलाएर नयाँ व्यवस्थापन समिति गठन गर्न आदेश दिएको हो।

यसअघि गठित नेकपा एमाले निकटका खगेन्द्र अधिकारी विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गरिँदा प्रक्रिया नमिलेको भन्दै पुनः भेलामार्फत् नयाँ समिति गठन गर्न आदेश दिएको हो।

यसअघि अल्पमत संख्याबाट उनी अध्यक्ष चयन भएका थिए।

नौ जना प्रतिनिधिमध्ये पाँच जना समर्थन तथा हस्ताक्षरसहित उनी अध्यक्ष बनेपछि त्यसको विरूद्ध तुलसीपुर–१० पढ्ढाका अभिभावक अमृत चौधरीले चैत अन्तिमतिर रिट दायर गरेका थिए।

रिट निवेदकले विद्यालयका प्रधानाध्यापक डाँगीले माइन्यूट उठाउनु पर्नेमा नवनिर्वाचित अध्यक्ष अधिकारी आफैंले माइन्यूट उठाएर आफैंलाई अध्यक्ष निर्वाचित घोषणा गरेको कुरा उल्लेख गरेका थिए।

तत्कालीन सदस्य सचिव तथा नियम तह तत्कालीन अवस्थामा विद्यालयका प्रधानाध्यापक रूद्र डाँगीले उक्त माइन्यूट उठाउनु पर्ने थियो।

जसको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका स्थानीय नेता शम्भु रेग्मीको समूहले गठन प्रक्रियाको विरोध गर्दै आएका थिए।

अधिकारीलाई अध्यक्ष निर्वाचित गरेपछि रेग्मीले माइन्यूटमा असहमति दर्ज गर्न खोजेका थिए। त्यतिखेर भेलामा पनि विद्यालयका तीन सय बढी अभिभावकमध्ये एक सयको हाराहारीमा मात्रै अभिभावक उपस्थित रहेका हुँदा अल्पमतले व्यवस्थापन समिति गठन गर्नु न्यायोचित नभएको भन्दै विरोध जनाउँदै आएका थिए।

साताकाे चर्चित
सम्बन्धित