हजारौं क्रिकेट समर्थक त्रिवि मैदानमा खेल हेर्न पुगे
हजारौं क्रिकेट समर्थक त्रिवि मैदानमा खेल हेर्न पुगे
    • Bell Sanchar

    • १६ बैशाख २०८०, शनिबार

काठमाडौं ।

एसीसी प्रिमियर कपको सेमिफाइनलका खेल शनिबार वर्षाका कारण प्रभावित भयो । कीर्तिपुरमा नेपालमा र कुवेतबीच र मूलपानीमा युएई र ओमानबीच सेमिफाइनल खेल भइरहेका थिए ।

युएई र ओमानबीचको खेलको निर्णय भने डीएलएस प्रणालीबाट भयो, जहाँ युएई विजयी भयो ।

कीर्तिपुरमा भएको खेलमा भने कुवेतले जम्मा ८.३ ओभर ब्याटिङ गरेका कारण डीएलएस प्रणालीबाट पनि निर्णय हुन सकेन ।

नेपाल समूह विजेता भएर सेमिफाइनल पुगेका आधारमा विजेता घोषित गरियो । तर वर्षाले खेल नरोकिँदासम्म भएको प्रदर्शनका आधारमा भने नेपाल जितको हकदार थियो ।

टस हारेर नेपालले ब्याटिङ गर्दा २३.२ ओभरको खेल सकिँदा वर्षाका कारण स्थगित भएको थियो । त्यसपछि पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो । नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको थियो । डीएलएस प्रणालीका आधारमा कुवेतले २८१ रनको लक्ष्य पाएको थियो ।

तर बलरले उत्कृष्ट प्रदर्शन गर्दा नेपाल जिततर्फ उन्मुख थियो । ८.३ ओभरमा ३७ रन बनाउँदा कुवेतले ६ विकेट गुमाइसकेको थियो । तर त्यति नै बेला वर्षा भएर खेल स्थगित हुन पुग्यो ।

शनिबारको साप्ताहिक बिदा र नेपालको महत्वपूर्ण खेल भएकाले हजारौं क्रिकेट समर्थक त्रिवि मैदानमा खेल हेर्न पुगेका थिए । भारी वर्षाका कारण उनीहरु निथ्रुक्कै भिजेका थिए

साताकाे चर्चित
सम्बन्धित