सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको शुक्रबार काम रोकियो
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको शुक्रबार काम रोकियो
    • Bell Sanchar

    • ६ जेष्ठ २०८०, शनिबार

कैलाली ।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको काम शुक्रबार रोकिएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले नागरिक उन्मुक्ति पार्टीले  शनिबारसम्म समय मागेकाले मन्त्रिपरिषद् विस्तारको काम रोकिएको बताए ।

शाहीले विस्तार हुनलागेको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट शिवराज भट्ट वा पृथ्वीबहादुर सिंहमध्ये एक जना र नेकपा (माओवादी केन्द्र)बाट रमेशसिंह धामी र झपटबहादुर बोहराको नाम आएको बताए ।

माओवादी केन्द्रकै गीतादेवी मालको नाम राज्यमन्त्रीका लागि आएको छ । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्नेको नाम आउन बाँकी छ ।

यसअघि शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका थिए ।

साताकाे चर्चित
सम्बन्धित