स्पानिस ला लिगाको च्याम्पियन बनिसकेको बार्सिलोना रियल भाल्लाडोलिडसँग स्तब्ध
स्पानिस ला लिगाको च्याम्पियन बनिसकेको बार्सिलोना रियल भाल्लाडोलिडसँग स्तब्ध
    • बेल संचार

    • १० जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

स्पानिस ला लिगाको च्याम्पियन बनिसकेको बार्सिलोना रियल भाल्लाडोलिडसँग स्तब्ध बनेको छ ।

ला लिगाको च्याम्पियन बनेपछि बार्सिलोनाको यो लगातार दोस्रो हार हो । यसअघि बार्सिलोना रियल सोसिडाडसँग पराजित भएको थियो ।

भाल्लडोलिडले घरेलु मैदानमा पहिलो हाफमा आत्मघाती गोल र पेनाल्टी गोलमा २-० को अग्रता बनाएको थियो ।

खेलको दोस्रो मिनेटमै बार्सिलोनाका आन्द्रेस क्रिस्टेनसनले आत्मघाती गोल गरेका थिए ।

२२औं मिनेटमा साइल लारिनले पेनाल्टीमा गोल गर्दै भाल्लाडोलिडको अग्रता दोब्बर पारे ।

७३औं मिनेटमा गोन्जालो प्लाटाले गोल गरेपछि भाल्लाडोलिडले ३-० को अग्रता बनायो ।

बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले ८४औं मिनेटमा एक गोल मात्र फर्काए ।

जारी सिजन बार्सिलोनाको यो चौथो हार हो । बार्सिलोनाको ३६ खेलबाट ८५ अंक छ ।

उता रेलिगेसनबाट बच्न संघर्षरत भाल्लाडिलडलाई यस जितले राहत मिलेको छ ।

३६ खेलबाट ३८ अंक जोड्दै भाल्लाडिलड १७औं स्थानमा छ । रेलिगेसन जोनमा रहेको गेटाफेभन्दा भाल्लाडोलिड ३ अंकले अघि छ ।

साताकाे चर्चित
सम्बन्धित