पतिको कुरामा नराम्रो मानेर खानापिना बन्द ! दुब्लाएर यस्तो हालत
पतिको कुरामा नराम्रो मानेर खानापिना बन्द ! दुब्लाएर यस्तो हालत
    • बेल संचार

    • २६ जेष्ठ २०८०, शुक्रबार

काठमाडाैं ।

पतिपत्नीबीच सामान्य खटपटको विषयलाई लिएर पत्नीले रिसाउँदा नराम्रो हालत भएको घटना रुसबाट सार्वजनिक भएको छ ।

रुसको बेलगोरोडकी याना बोब्रोभ मोटाएर गाला ठूला भएका थिए । त्यसमाथि एक दिन उनका पतिले कमेन्ट गरे ।

उचाइ ५ फिट २ इन्च रहेकी उनी पतिको कुराले रिसाइन् । त्यसपछि उनले खानापिना घटाउँदै लगिन् ।

उनमा दुब्लो हुने र तौल घटाउने भूत चढ्यो । लामो समयसम्म खाना घटाउँदा अन्ततः उनी हड्डी जस्तै मात्रै बाँकी रहेकी छन् ।

हाल उनको तौल २२ किलोग्राम मात्रै छ, यति तौल ७–८ वर्षको बच्चाको हुन्छ ।

डेली स्टारको रिपोर्टअनुसार पत्नीले खाना घटाएर दुब्लाउँदा उनका पतिले एकपल्ट पनि पत्नीलाई फकाउने कोसिस गरेनन् ।

उनका पतिले उनलाई जागिर समेत छाड्न लगाएका थिए ।

उनले साथीभाइलाई भेट्न पनि पाउँथिनन् ।

खाना घट्दै जाँदा जब उनको स्वास्थ्य अवस्था बिग्रियो, त्यसपछि पतिले नै उनलाई छाडिदिएका छन् ।

अब उनले महसूस गर्न थालेकी छन् – यो अरुको गल्ती नभई मेरै गल्ती हो, मैले खाना घटाउनु थिएन । एजेन्सी

साताकाे चर्चित
सम्बन्धित