डा. बाबुराम भट्टराई , नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ
डा. बाबुराम भट्टराई , नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ
    • बेल संचार

    • २९ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिइरहेको बताएका छन् ।

सोमवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले सबैले आ–आफ्नो कित्ता रोज्नुपर्ने बताए ।

उनले लेखेका छन्, ‘जिउँदो माछा पानीको धार/छालविरूद्ध पौडिन्छ । मरेको माछा धार/छालसँगै बग्छ ।

परिवर्तनकारी/अग्रगामी शक्ति र व्यक्तिहरू समय वा इतिहासको प्रतिक्रान्तिकारी/कट्टरपन्थी धार/छालविरूद्ध उभिन्छन्, लड्छन्; समाजलाई अग्रगामी बाटो देखाउँछन् ।

यथास्थितिवादी/अवसरवादी शक्ति र व्यक्तिहरू समय वा परिस्थितिको दास बन्दै त्यसै अनुरूप रंग बदल्छन्, बग्छन्; भीडको पछि दौडन्छन् ।

युगीन संकट र सम्भावनाको दोसाँधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ ।

विवेकको प्रयोग गरौं; आ–आफ्नो कित्ता रोजौं ।’

साताकाे चर्चित
सम्बन्धित