गोरखा ।
नागरिकता प्रमाणपत्रमा उमेर सच्याएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले ९० वर्षीय एक वृद्धलाई कारबाही गरेको छ ।
बारपाक सुलिकोट गाउँपालिका-७ का छन्दप्रसाद पाण्डेले नागरिकतामा उल्लिखित आफ्नो जन्ममिति सच्याएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले बारपाक सुलीकोट गाउँपालिकालाई पत्राचार गरी पाण्डेले नागरिकता सच्याएर राज्यकोषबाट कति रकम भत्ता लिए भन्ने विवरण मागेको छ ।