सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र सहितका चार दलले सोमवार समाजवादी मोर्चा घोषणा
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र सहितका चार दलले सोमवार समाजवादी मोर्चा घोषणा
    • बेल संचार

    • ३ असार २०८०, आईतवार

  काठमाडौं । 

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र सहितका चार दलले सोमवार समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेकपाबीच समाजवादी मोर्चा बनाउने सहमति भएको हो ।

नेकपा एसका नेता डा. विजय पौडेलले सोमवार दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा एक समारोहको आयोजना गरी मोर्चा घोषणा गर्न लागिएको जानकारी दिए । पू

र्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि मोर्चामा सहभागि गराउने तयारी छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहितका पार्टीका शीर्ष नेता रहेको सचिवनलय पनि गठन गर्ने नेताहरुको तयारी छ ।

चारदलका नेताहरूले समाजवादी मोर्चाबाट सहकार्य गर्दै भविष्यमा पार्टी एकतासम्म पुग्ने योजना रहेको बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित